तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चाडपर्व निजिकएसँगै प्रहरीले विभिन्न ठाउँबाट  जुवातास खेलिरहेको अवस्थाबाट १५ जनालाई पक्राउ गरेको छ। 

काभ्रेको धुलिखेल नगरपालिका ९ रानाछापस्थित होटलमा तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १२ का ४१ वर्षीय कुमार गिरी लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारेको हो।

त्यस्तै, भक्तपुर, चाँगुनारायण नगरपालिका ४ खोरियागाउँ बस्ने सुमन तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २८ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।