भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन , ताली बजान प्रधानमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन्।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन्।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह गरेका हुन्।

‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु,’उनले भने।

राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली बजाएर सम्मान गर्न समेत आग्रह गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।