धरानस्थित वीपी प्रतिष्ठानको उपकुलपतिमा डा. गिरी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान  ।  करीब नौ महिनासम्म रिक्त रहेको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको पदमा सरकारले प्रा.डा.ज्ञानेन्द्र गिरीलाई नियुक्ति गरेको छ । 

विराट मेडिकल कलेजका मेडिकल विभागमा प्रमुख गिरीलाई प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन। गत असार २६ गते उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकम सहित पक्राउ गरेपछि प्रतिष्ठानमा उपकुलपति पद रिक्त थियो ।  

प्रतिष्ठानको कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले सिफारिश भएका तीन जना मध्ये डा.गिरीलाई विहीबार उपकुलपतिमा नियुक्ती गर्नुभएको हो ।

 डा.गिरी मुटु रोग विशेषज्ञ समेत रहनु भएका गिरीलाई सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बनेको सिफारिश समितिले गरेको सिफारिसलाई आधार बनाएर डा. गिरीलाई नियुक्त गरिएको हो । समितिले डा. गिरीसंगै कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल र वीपीका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मालाई सिफारिश गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।