संखुवासभा हत्याकाण्ड : ६ जनाको सामूहिक दाहसंस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी। संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको इटहरीस्थित गंगाजमुना घाटमा अन्त्येष्टि गरिएको छ । एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको हो । त्यसअघि शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । 

अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबर मात्र धरान पुगेका थिए । तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ ।

तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की नाति ११ वर्षीय दीपेन कार्की नातिनी सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो भने तेजबहादुरकी आमा पार्वती कार्कीलाई छुट्टै चितामा राखिएको थियो ।

संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार एकै परिवारका ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।