वैशाख ६ गतेसम्म सबै अदालत बन्द गर्ने सर्वोच्च अदालतको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका अदालतहरु वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् ।

सरकारले लकडाउनको अवधि बढाएपछि आज सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै लकडाउन चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पुन लकडाउन लमब्याएसँगै देशभरका अदालतहरु वैशाख ६ गतेसम्म बन्द रहने विज्ञप्ति सर्वोच्च अदालतले जारी गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।