अत्यावश्यक सामाग्रीका लागि केरुङ नाका खोलौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदिप कुमार सेढाई
नुवाकोट । विश्वभर फैलिएको कोराना भाईरसका कारण हाम्रो मुलुक पनि  भयवित भैरहेको र नेपालमा पनि यस भाईरसको संक्रमण रोक्न को लागि लकडाउन गर्दै यसको चेन ब्रेक गर्ने प्रयास भैरहेको छ । लकडाउनको समय लम्बिदै जाँदा देशमा अत्यावश्यक सामाग्री हरुको मूल्य आकासिदै गएको र कतिपय अत्यावश्यक  सामानको अभाव हुदै गईरहेको छ।

हवाई मार्गबाट मात्र सामान आयात गर्दा  भाडा मूल्य आफैमा महंगो हुने र सरकार आफैले आयात गर्न खोज्दा टेन्डर प्रकृया लगायत समय लाग्नुको साथै एकै चोटी सबै सामान ख़रीद गर्नु पर्दा मुल्यको कुरामा समस्या पर्ने देखिन्छ ।
यदी हामीले बेलैमा यस तर्फ ध्यान दिएनौँ भने भोलिका दिनमा यसबाट धेरै ठुलो समस्या आईपर्ने प्रष्ट छ। दमका दीर्घरोगीहरुको लागि आवश्यक पर्ने अक्सिजन फ़्लोमिटर ,बाफ मेशीन,सानो अक्सिजन, सिलिन्डर लगायत माक्स,पन्जा ज्वोरो नाप्ने गन मेशीन पी पी ई लगायत बीबीध सामाग्रीहरु बजारमा अभाव सर्टेज भैसकेको अवस्था छ।

चीनमा २५०० पर्ने ज्वरो नाप्ने गन मेसिन आज बजारमा चर्को मुल्यमा बिक्री भैरहेको त्यो पनि नपाएको अबस्था छ। चीनकाको मुख्य सीटीहर गोन्जाओ,सान्घाई,बेईिजङ ,ईयु लगायत स्थानबाट ७ देखि १० दिन भित्र केरुङ भन्सार आईपुग्ने र त्यस्ता अत्यावश्यक सामाग्रीहरु थुप्रै केरुङ भन्सारमा आएर थन्किएको अवस्था छ। निजी क्षेत्रबाट सामान स्थलमार्ग हुँदै  मूल्य प्रतिस्पर्धा हुने आवश्यक संख्यामा सामान उपलब्ध हुनगई बजार भाउ सामान्य हुन जाने तथा अभाव नहुने हुँदा नेपाल सरकारले चीन सरकारसंग सम्वाद गरी स्वास्थ्य सचेतना अपनाउदै चाडो भन्दा चाडो अत्याबस्यक सामाग्रीको लागि केरुङ भन्सार खुलाउन पहल गर्नको लागि सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।

लेखक सेढाई नुवाकोट उद्योग वाणिज्य संघको सल्लाहकार हुनुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।