स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । उहाँका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । 

भारतबाट लुकाइछिपाइ सो रकम नेपाल भित्र्याउने क्रममा शनिबार मण्डललाई कुमरखोदबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।