काठमाडौं । चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना संक्रमण फैलन नदिन चाल्नुपर्ने थप कदमबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । काेराेना संक्रमण स्थानीय तहमा फैलन थालेपछि सरकारले सुपर लकडाउन गरेकाे छ ।
अर्थात एक प्रदेशबाट अर्काेमा, एक जिल्लाबाट अर्काे र एक स्थानीय तहबाट अर्काेमा अावतजावतमा कडाइ गरेकाे छ ।
सरकारले साेमबार अझ महत्वपूर्ण निर्णय गर्न लागेकाे हाे । कोरोना रोकथामका लागि सरकारले दोस्रो पटक थपेको लकडाउन अवधि २५ चैतमा सम्म थपिएको थियो । त्यसअघि चैत ११ देखि १८ सम्म तोकिएको थियो ।
बैठक दिउँसो २ बजे बालुवाटारमा बस्दैछ ।
Comment