काठमाडौं । डिएसपी कोमलविक्रम शाह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख व्यक्तिगत सुरक्षा अधिकृतमा नियुक्त भएका छन् ।
नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत शाहलाई प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्रीको ‘पर्सनल सेक्युरिटी अफिसर ९पिएसओ०मा पठाएको हो ।
डीएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए । उनलाई काज सरुवा गरेर पुनः प्रधानमन्त्री देउवाको पिएसओमा पठाइएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा गरेको फैसला बमोजिम मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
Comment