दोहोरो अंकले घट्यो नेप्से, १६ अर्ब ९९ करोड बराबरको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १३.५६ अकले घटेको २९४६.५८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १६ अर्ब ९९ करोड ७० हजार ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

यस दिन बैंकिङ समूह ११, होटल तथा पर्यटन २, विकास बैंक २११, जलविद्युत १५, अन्य ३१, माइक्रोफाइनान्स १८ अंकले घटेका छन्। ब्यापार ७८, फाइनान्स ४७, निर्जीवन बीम ३९, उत्पादन २३७ र जीवन बीमा समूह २९ अंकले बढे।

समूह घटेपनि कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, र गुडवील फाइनान्स कम्पनी रहेका छन् ।

त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको कोरोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।