नेप्सेले बनायो नयाँ रेकर्ड, परिसुचक २९६० अंक पुग्दा १६ अर्ब ९५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारले ऐतिहासिक रेकर्ड ताडेको छ । साताको तेस्रो दिन नेप्सेले सर्वाधिक २९६० विन्दु चुम्दै नयाँ कीर्तिमान बनाएको हो ।

नेप्सेले २९६० विन्दु नाघेकोको यो इतिहासमै पहिलोपटक हो । यसअघि गत आइतबार हालसम्मकै उच्च २९०६ विन्दु चुमेको थियो ।

यसदिन नेप्से ५३.४४ अकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१८ कम्पनीको १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको ३ करोड ५७ लाख ४२४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ११ समूहको परिसूचकमा हरियाली छाएको छ भने २ समूहको परिसूचक राताम्मे भएका छन् ।

कारोबारमा ३५ कम्पनकिो शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । ७ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।