काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारवाहीमा परेका छन् ।
सेवाग्राहीसँग राम्रो व्यवहार नभएका, प्रहरी आचरणविपरीत कार्य गरेको र आर्थिक सम्बन्धी गुनासो धेरै आएको भन्दै डिएसपी खड्कालाई कारबाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशिल सिंहले बताए ।
खड्का माथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप छ।
प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति नै बनाएर डीएसपी खड्कामाथि अनुसन्धान थालेको थियो ।
खड्का तानिएपछि उनको स्थानमा अहिलेसम्म कसैलाई पठाएको छैन। सरुवाको समय पुगेपछि खड्का विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत थिए।
Comment