तेह्र लाख ४३ हजार नगदसहित पन्ध्र जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने १५ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुत्त टोलीले काठमाडौंको न्युरोड पिपल बोटबाट जुवातास खेल्ने १५ जनालाई शुत्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना रहेका छन् 

पक्राउ परेका पन्ध्र  जनाको साथबाट प्रहरीले रु १३ लाख ४३ हजार नगद र तास बरामद गरेको छ ।

पक्राउ परेका पन्ध्रै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारबाही गरिने महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक( डिएसपि) दिल बहादुर मल्लले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।