लागुऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।