फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । 

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ पुगेको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने निगमले यथावत् रहेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।