काठमाडौं । वीर अस्पतालले सय जना स्पटार्फ नर्स सहित १०३ जना कर्मचारी माग गरेको छ।
वीर असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
नवौँ तहमा ३ जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट र पाँचौ तहमा १०० जना स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमडि उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने र स्टार्फ नर्सका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गा विषयमा प्रमाणपत्र उत्तीर्ण गरी नेपाल नर्सिङ्ग काउन्सिलमा दर्ता भएको हुनुपर्ने योग्यता तोकिएको छ । आईसीयू र एचडियूमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने जनाइएको छ ।इच्छुक व्यक्तिले वैशाख २४ गते ५ बजेसम्ममा दरखास्त दिन सक्ने निमित्त निर्देशक सापकोटाको भनाई छ ।
Comment