डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा ।  डडेल्धुराको देउपाल सामुदायिक वनमा  सामूहिक रुपमा पासोमा झुन्ड्याएर ५ वटा गाईको गौहत्या भएको पाइएको छ ।  

स्थानीय वन उपभोक्ताहरु घाँस दाउराको लागि जंगलमा पुग्दा गाईको हत्या गरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाईको शवको पशु चिकित्सकको टोलीले अनुसन्धान गरिरहेको छ। पशु चिकित्सकले करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने बताएका छन्।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

प्रहरीले गाई हत्यामा संलग्नको खोजी कार्य जारी राखेको र भेटिएमा गौहत्यासम्बन्धी कानुनअनुसार कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।