अन्य देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि, नेपालीलाई नेपाल छिर्न प्रतिबन्ध छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालीलाई नेपाल छिर्न जहिले र जतिबेला पनि ढोका खुला राखिएको छ । संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध भएको हल्लाले विदेशमा बस्ने नेपालीहरु निराश भैरहेको सम्बन्धमा सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण भएका इटाली, स्पेन लगायतका युरोपेली मुलुक, पश्चिम एशिया, खाडी क्षेत्र, दक्षिण कोरिया, इरान, टर्की, मलेसिया र जापान लगायतका देशहरुका नागरिकलाई नेपाल प्रवेश प्रतिबन्ध लगाए पनि त्यहाँबाट नेपाल आउने नागरिकलाई प्रतिबन्ध नगरेको प्रष्ट पारेको छ ।

नेपाल प्रवेश गर्न सबै नेपाली नागरिकलाई समातेर क्वारेन्टाइनमा लैजाने हल्ला निराधर हो । सरकारका अनुसार विमानस्थलमा चेकजाँच पछि घर आउने नेपालीलाई सर्तकतापूर्वक क्वारेन्टाइनमा बस्न भनिनेछ भने शंकास्पद स्थितिमा रहेकालाई सरकार आफैले उपचारको प्रबन्ध गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।