सूर्योदय लघुवित्तले एफपिओ निष्कासन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।   कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जास्थित पुतलीबजार नगरपालिकाको सहयात्रा पार्टी प्यालेसमा  हुँदैछ । 

सभामा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । 

त्यसैगरी, सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम १५.३४५७७ प्रतिशत बोनस सेयर र  ०.८०७६७  प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ। 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १८ गतेसम्म  कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।