नेप्से ६३ अंकले बढ्दा ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.५६ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स ९.४४ प्रतिशत बढेर ४५३.५९ अंकमा पुग्यो ।

आइतबार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक ५.७० प्रतिशत बढ्यो । त्यस्तै, होटल एण्ड टुरिजमको ५.३६ प्रतिशत, निर्जीवन बीमा समुहको ४.५९ प्रतिशत बढ्यो ।

आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २०६ कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज १० वटा कम्पनीका शेयर धनी मालामाल भए । आइतबार स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सुर्योदया लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावरको शेयर धनीले गुमाए । आज कम्पनीको शेयर मूल्य ६.०६ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल बंगलादेश बैंकले गर्यो । बैंकले ३९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।