जाल्पा लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ।

नियुक्ति सम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे।

लघुवित्तले हाल देशका विभन्न २० जिल्लामा कारोबार गर्दै आएको छ । हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ पछि चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।