अब साउदीमा स्वतन्त्र हुँदै प्रवासी कामदार, आफूखुसी कम्पनी परिवर्तन गर्न पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कामदारका लागि खाडी मुलकमध्ये सबैभन्दा ठूलो श्रक गन्तव्य साउदी अरबमा श्रम कानुनमा सुधार भएको छ । साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् आइतबारदेखि ‘कफाला स्पोन्सरसीप सिस्टम’ लागू गरेको हो ।

साउदीले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको थियो। कफाला सिस्टम लागू भएसँगै अब त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता या कम्पनीको नियन्त्रण कम हुनेछ।

कफालामा परिवर्तन गरिएसँगै यसको प्रभाव १ करोड विदेशी मजदुरमा पर्ने बताइएको छ।अब त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमति बिना नै रोजगारस्थल परिवर्तन गर्न पाउनेछन् भने चाहेका बेला आफ्नो देश फर्कन सक्नेछन्।

यसअघि साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो । साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ ।

जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र रोजगारदाता बीचको सम्झौता सम्बन्ध सुधार गर्नेछ। यो पहलले कर्मचारीको मर्यादा र स्वतन्त्रताको रक्षा गर्दछ र रोजगारदाताले अनुबन्धको पालनाको लागि ग्यारेन्टी गर्दछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।