झापाका एक व्यक्तिमा काेराेना अ‌ाशंका, काठमाडाैं पठाइयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । कोरोना भाइरस (कोभिड–१९ ) सङ्क्रमणको आशङ्कामा झापाका एक व्यक्तिलाई आइतबार काठमाडौं पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुरका एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो । 

रानाका अनुसार चिकित्सकले नै ती व्यक्‍तिलाई काठमाडौँ सिफारिस गरेका हुन् । ‘चिकित्सकहरुले प्रारम्भिक जाँचपछि कोरोना सङ्क्रमणको आशङ्का गर्नुभएको छ’– प्रजिअ रानाले भने, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’ रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।