सार्क राष्ट्रहरूबीचको भिडियो कन्फेन्स आइतबार साझँ,नेपालका तर्फबाट प्रधानमन्त्री ओली सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन आज(आइतबार) भिडियो कन्फ्रेन्स हुने भएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउन आज नेपालसहित सार्क राष्ट्रहरूबीच भिडियो संवाद (कन्फरेन्स) हुने भएको छ । साँझ ५ बजे हुने भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने भएका छन् ।

‘सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन् । यस्तै भारतका तर्फबाट भिडियो कन्फरेन्समा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने छन् । 

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै सामाजिक सञ्जाल ट्विटरमार्फत महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न सार्कले संयुक्त पहल गर्नुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव राखेका थिए ।

सार्क ५ वर्षदेखि अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।  नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।