महिला राष्ट्रिय फुटबल लिगको उपाधि एपिएफलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बल एपिएफले दुई खेल अगाडि नै महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेको छ । नेपाली सेनालाई नेपाल प्रहरीले रोकेसँगै एपिएफ च्याम्पियन बनेको हो। सेनाको उपाधि यात्रालाई भने प्रहरीले पूर्ण विराम लगाइदिएको छ ।

नेपाली सेना उपाधि होडबाट बाहिरियो। उपाधि संभावनालाई जिवितै राख्न नेपाली सेनालाई जितको विकल्प थिएन। तर प्रहरीले कडा चुनौति दिदै नेपाली सेनालाई एक एक गोलको बराबरीमा रोकेपछि सेना उपाधिहोडबाट बाहिरियो।

खेलको १५ औ मिनेटमा अमृता जैसीको गोलमा नेपाल प्रहरीले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो। तर ५३ मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउदै खेलमा फर्कने संकेत दिइन।

तर सेनाले थप गोल फर्काउन सकेन भने प्रहरीकी कप्तान घिम कुमारी घलेले पेनाल्टी प्रहार चुकाइन। खेल एक एकको बराबरीमा सकियो। यो बराबरीमा एपिएफ दुई खेल अगाडि च्याम्पियन बन्यो।

११ खेलबाट नेपाली सेनासँग २६ अंक छ र एपिएफ भन्दा चार अंकले पछाडि पर्दा उपाधि होडबाट बाहिरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।