चप्पल उद्योगमा आगलागी,लाखौंको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । जानकी गाउँपालिका–३ बाँकेको  इन्द्रपुरमा रहेको चप्पल उद्योगमा आगलागी भएको छ । 

जय सियाराम मेनु फैक्चरिङ इन्ड्रस्टिज प्रालीमा मंगलबार राति करिब १२ बजेतिर आगलागी हुँदा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । उनको हात र खुट्टा पोलिएको छ ।

मध्यरातमा लागेको आगो बाँके र बर्दियाका ६ वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टीमले विहान आठ बजे नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।