बाढी प्रभावित माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–४ टनेलबाट एकजना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको छ।

शनिबार दिउँसो नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा ती चिनियाँ नागरिकलाई सुरुङबाट उद्धार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको छ।

बाढी आएको ११औँ दिनमा सुरुङभित्रबाट उनको उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्तिको नाम भने समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको छैन।

बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको क्षेत्रमा समेत ठूलो प्रभाव परेको थियो। सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र दक्षिण कोरियाको विज्ञ टोली परिचालन गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।