सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन : लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने काम गर्न नहुने बताएका छन्।

निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनले बताए।

हिजोका समयमा सरकारले उद्योगधन्दा खोल्ने र चलाउने काम गरेको उल्लेख गर्दै उनले आज भने समय बदलिएको बताए। उनले भने, ‘हिजो कुनै समय थियो सरकारले उद्योगधन्दा खोल्ने र चलाउने। आज समय बदलिएको छ… सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानी मैत्री वातावरण बनाउने एउटा होइन हजारौं उद्योग खोल्न र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।