प्रचण्डको आरोप – सरकारको कामले जनतालाई सन्तुष्ट पार्न सकेन,  छनक पनि छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनताले निर्वाचनमार्फत व्यक्त गरेको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको अवस्था सन्तोषजनक नरहेको टिप्पणी गर्दै सरकारका गतिविधिले जनविश्वास बढाउनुको सट्टा चिन्ता बढाएको बताए।

“देशको अवस्था ठीक छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ, निर्वाचनमा जनताले जे अभिमत प्रकट गरे, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,” उनले भने, “दिनदिनै असहज बनाएको र चिन्ता बढाएको छ।”

प्रचण्डले सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका क्रममा उत्पन्न तनावपछि प्रहरी गोली चलाउँदा एक युवाको मृत्यु भएको घटनाप्रति पनि गम्भीर चासो व्यक्त गरे। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।

साथै, यति गम्भीर घटनाप्रति प्रधानमन्त्री र गृहमन्त्रीले अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै उनले सदनमै असन्तुष्टि जनाए।

उनले सरकार जनभावना र जनमतप्रति अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै शान्ति, सुरक्षा र सुशासनप्रति नागरिकको विश्वास कायम गर्न प्रभावकारी कदम चाल्न आग्रह गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।