कोशी प्रदेशका मुख्यमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा पछिल्लो समय विकसित सुरक्षा चुनौती र सामाजिक सद्भावमा देखिएको अवरोधका विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक आह्वान गरेका छन् ।

केही दिनदेखि कोशी प्रदेशका विभिन्न स्थानमा (विशेषगरी सुनसरीमा) दुई पक्षबीच भएको झडप र तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै मुख्यमन्त्री कार्कीले सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् । बैठक आज दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्ने तय भएको छ।

बैठकमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू र सुनसरी जिल्लाका प्रदेश सभा सदस्यहरूको उपस्थिति रहने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

केही दिनअघि सुनसरी लगायतका क्षेत्रमा दुई समुदाय वा पक्षबीच उत्पन्न विवादले उग्र रूप लिएको छ । बैठकमा घटनाको पछिल्लो अवस्थाको समीक्षा गरिनुका साथै थप झडप हुन नदिन र सामाजिक सद्भाव कायम राख्न अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।