सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १ हजार ९०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१७.५१ अमेरिकी डलर र चाँदी ५५.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।