काठमाडौं । नेपाली बजारमा सोमबार (आज)सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार तोलामा ४ हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन तोलामा २ लाख ८३ हजार ८ सय रूपैयाँमा किन बेच भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार तीन सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।

Comment