रास्वपा महाधिवेशनमा ८ बजेसम्म दुई हजारले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । बिहान ८ बजेसम्म दुई हजार ८ जनाले मतदान गरेका छन् ।

“बिहान ८ बजेसम्म दुई हजार आठजनाले मतदान गरेका छन्,” प्राविधिक लक्ष्मण रिमालले भने, “यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ ।” करिब ४२ सय मतदाता छन् ।

गएराति १२ बजेबाट मतदान सुरु भएको थियो । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ ।

nabil
९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।

निर्वाचनमा २०४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।