‘क्यान्सरका बिरामी औषधि नपाएर छट्पटिँदा मन्त्रीको निर्देशन कागजमै सीमित’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले क्यान्सरका बिरामीहरूले अत्यावश्यक औषधि नपाउँदा उपचारमा गम्भीर समस्या भोगिरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। उनले स्वास्थ्यमन्त्रीले दिएको निर्देशन व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ माग गरेकी हुन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सीता थपलिया उर्मिला ले भनिन्, “संसदमा प्रश्न उठेपछि मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको जानकारी आयो । तर आज पनि देशभरका बिरामी र परिवारजन सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन् । हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका बिरामीले औषधि खोजिदिन भन्दै मलाई गुहार्नुभयो । मन्त्रीज्यूको निर्देशन आखिर कहाँ हरायो ?”

उनले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता जीवनरक्षक औषधिको अभावले बिरामीको जीवन नै जोखिममा परेको बताइन्।

सांसद थपलियाले सरकारसँग हाल नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा सिस्प्लाटिन उपलब्ध छ भन्ने सूची तत्काल सार्वजनिक गर्न माग गरिन्। साथै भविष्यमा यस्ता अत्यावश्यक औषधिको अभाव दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ भन्नेबारे स्पष्ट जानकारी दिन आग्रह गरिन्।

उनले मन्त्रीले निरीक्षण गरेका कम्पनीहरूको अनुमति प्रक्रिया कहाँ पुगेको छ र बजारमा औषधि आपूर्ति कहिलेदेखि सहज हुन्छ भनेर समेत प्रश्न उठाइन्।

“मन्त्रीज्यूले निर्देशन दिने मात्र होइन, बिरामीले वास्तवमै औषधि पाए कि पाएनन् भनेर सम्बन्धित निकायमा बुझ्न पनि आवश्यक छ । बिरामीको जीवनसँग खेलवाड हुने अवस्था सरकारले अन्त्य गर्नुपर्छ,” उनले भनिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।