शिव परियारको स्वरमा ‘दिल परानी’ (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली लोक आधुनिक शैलीमा तयार पारिएको प्रेमवियोग भाव मिश्रित गीत ‘दिल परानी’ भिडियोसहित सार्वजनिक भएको छ।

लोकप्रिय गायक शिव परियार र अनु चौधरीको स्वरमा रहेको यस गीतमा मोडल गरिमा शर्मा र नवप्रवेशी मोडल उमेश सोनामको अभिनय देख्न सकिन्छ।

यस गीतमा राज क्षितिजको शब्द, मनोज मालेको सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन र साजन शाहको मिक्सिङ रहेको छ।

निकेश खड्काको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्।

गीत शुक्रबार शिव परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।