संसद्‌मा अर्थमन्त्रीले भने- ‘दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् राजनीति छोडिदिन्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफूबाट बदमासी भएको छ भने मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताए ।

उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई वटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।