नेपाली बजारमा विद्युतीय एसयुभी ल्याउने तयारीमा जीडब्ल्यूएम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर्स (जिडब्ल्यूएम) ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ। विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले नेपालका लागि नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी थालेको हो।

कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा नगरे पनि प्राप्त जानकारीअनुसार नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने बताइएको छ।

नयाँ विद्युतीय एसयूभी आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रका कारण सडकमा छुट्टै पहिचान बनाउन सक्षम हुने विश्वास गरिएको छ।

यसका अतिरिक्त, गाडीको बाह्य सतहमा प्रयोग गरिएको बहु–तह सुरक्षात्मक कोटिङ प्रविधिले सानातिना स्क्राचहरूलाई सूर्यको तापको प्रभावबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने चर्चा बजारमा भइरहेको छ। यस्तो प्रविधिले गाडीको सौन्दर्य तथा चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिडब्ल्यूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा ग्राहक–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ। कम्पनीको नयाँ विद्युतीय एसयूभी नेपाली बजारमा सार्वजनिक भएपछि इलेक्ट्रिक सवारी साधन क्षेत्रको प्रतिस्पर्धा थप रोचक बन्ने अनुमान गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।