बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ७५ रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर ५ हजार ४० रुपैयाँ पुगेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।