जीवन बीमकहरुको लगानी पौने ९ खर्ब नाघ्यो, कुन क्षेत्रमा कति गरे लगानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका जीवन बीमा कम्पनीहरूको लगानी उल्लेखनीय रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरण का अनुसार साउनदेखि चैत मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले कुल ८ खर्ब ७५ अर्ब २४ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन्।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५६ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म जीवन बीमकहरूको कुल लगानी ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ रहेको थियो।

लगानीको आकारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म २ खर्ब ४५ अर्ब ९० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ। दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन ले १ खर्ब २८ अर्ब ९६ करोड २१ लाख रुपैयाँ विभिन्न क्षेत्रमा परिचालन गरेको छ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स ले ८७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ तथा नेसनल लाइफ इन्स्योरेन्स ले ७८ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन्।

यसैगरी, राष्ट्रिय बीमा कम्पनी ले ६६ अर्ब ३५ करोड २४ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स ले ५१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ४६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन्।

यस्तै, मेट लाइफ को लगानी ३४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स को २८ अर्ब ९ करोड ५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले २२ अर्ब ८० करोड १५ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्स ले २० अर्ब ७१ करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले २० अर्ब ४५ करोड ८८ लाख रुपैयाँ तथा सन नेपाल लाइफ इन्स्योरेन्स ले १६ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन्।

जीवन बीमा कम्पनीहरूले सबैभन्दा बढी लगानी वाणिज्य बैंकहरूको मुद्दति निक्षेपमा गरेका छन्। उक्त क्षेत्रमा मात्रै ५ खर्ब ४२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ लगानी पुगेको छ।

त्यस्तै, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरूको मुद्दति निक्षेपमा ४५ अर्ब १६ करोड ९८ लाख रुपैयाँ, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ तथा फाइनान्स कम्पनीहरूको मुद्दति निक्षेपमा ६ अर्ब १ करोड ३० लाख रुपैयाँ लगानी गरिएको छ।

बीमकहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् भने बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर तथा ऋणपत्रमा ७७ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ लगानी रहेको छ।

यसका साथै कृषि, पर्यटन, जलविद्युत, सौर्य ऊर्जा, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलगायतका परियोजनामा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ लगानी भएको प्राधिकरणले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।