काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन सहकारीका ३७८ साना बचतकर्ताको रकम फिर्ता गरेको समितिले जनाएको छ।
कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारीका सात साना बचतकर्ताले बचत फिर्ता पाएका समितिले जनाएको छ।
समितिका अनुसार, थोरै बचत भएकालाई पहिलो दिन रकम फिर्ता गरिएको र अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ।
ससमितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ रकम फिर्ता गर्नुपर्नेछ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका निम्ति सहकारीको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन्।

Comment