शेखर कोइराला आफूनिकट नेताहरूसँग छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन्।

सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन्। केन्द्रीय सदस्यमा मनोनयनबारे आफूहरूसँग परामर्श नै नगरेको कोइराला निकट नेताहरूले बताएका छन्।

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन्।

छलफलमा धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, दिपक गिरी, संजय गौतम, सरिता प्रसाई, किरण यादव, डा चन्द्रमोहन यादव, रुक्मणी कोइराला, उमिला थपलिया, डा गोविन्द पोखेल, दिनेश कोइराला, गोविन्द भट्टराई र उमेशजंग रायमाझी सहभागी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।