दुई लाखको बाटोमा सुन : चाँदी पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।