काठमाडौं । नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो। यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन। स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
Comment