काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर छ । महासङ्घका अनुसार आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ४४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १९ रुपैयाँ कायम भएको छ ।
Comment