बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जर्मन अटोमेकर बीएमडब्लु समूहले आफ्नो म्युनिख प्लान्टलाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादन केन्द्रमा परिणत गर्ने घोषणा गरेको छ। कम्पनीको मुख्यालय रहेको म्युनिख प्लान्ट प्रिनियम सवारी साधनहरूको निर्माणका लागि परिचित छ।

बीएमडब्लु समूहले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडेलहरूको उत्पादनको तयारीलाई तीव्रता दिएको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु गर्ने लक्ष्य छ। कम्पनीले सन् २०३० सम्ममा विद्युतीय सवारीसाधनको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ।

हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरूको निर्माण गरिरहेको छ।

“उत्पादन प्रक्रिया र स्वचालन कन्फिगरेसनहरूलाई अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,” म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताए।

बीएमडब्लु समूहको यो रणनीतिक कदमले कम्पनीलाई ईभी बजारमा अझ प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।