काठमाडौं । नागरिक लगानी कोष र शहीद गंगालाल राष्ट्रिय हृदय केद्र बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कोषमा सहभागी सदस्य, सेयरधनी र कर्मचारीहरूले अस्पतालको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने छन् ।
छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ

Comment