बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा  र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।

सिलवालविरुद्ध अख्तियारले गत मंसिर २४ झुटा विवरण पेश गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले मुद्दा दर्ता गरेको थियो ।

सिलवाल १९ माघ २०७७ मा बिमा समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।