निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र  डिजेल प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।

निगमको नयाँ मूल्यअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १६२ रुपैयाँ र अन्यत्र १६० रुपैयाँ ५० पैसा पर्नेछ।

यस्तै, डिजेल काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १५२ रुपैयाँ र अन्यत्र १५० रुपैयाँ ५० पैसा पर्नेछ।

साथै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटरमा १५ अमेरिकी डलरले घटाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।