काठमाडौं । डिजिटल भुक्तानी नेटवर्क फोन पेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । चाडबाडलाई ध्यानमा राख्दै फोन पेले उक्त अभियान ल्याएको हो ।
सो अभियान अन्तर्गत फोन पे प्रयोगकर्ताले हवाई टिकटको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् । नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ र पुरानाले २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने फोन पेले बताएको छ ।
यसरी टिकट बुकिङ गर्नेमध्ये एक जना भाग्यशाली विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट पाउँछन् । यसैगरी सोही अभियानअन्तर्गत पाँच जना भाग्यशाली विजेताले स्मार्ट वाच पाउने कम्पनीले जानकारी दिएको छ ।
यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ।
Comment