काठमाडौं । फूड डेलिभरी कम्पनी फूडमाण्डुले दशैंको अवसरमा ‘बडा धमाका’ क्याम्पेन संचालन गरेको छ ।
यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्म छुट पाउने छन् ।
यो क्याम्पेन असोज ३ देखि २३ गतेसम्म चल्नेछ । ग्राहकले फूडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउने कम्पनीले जनाएको छ ।
फूडमाण्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले ग्राहकलाई यो चाडपर्व अझ बढी रमाइलो बनाउने लक्ष्यले यो अफर ल्याइएके बताइन् ।
‘हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फूडमाण्डुमा स्वादिष्ट परिकारहरूका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरूकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविष्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ,’ उनले भनिन् ।
हरेक महिनाको पहिलो हप्ता संचालन हुँदै आएको फूडमाण्डु डबल धमाका क्याम्पेन दशैंमा झनै ठूलो हुने कम्पनीले जनाएको छ ।
Comment